काठमाण्डौ, २ भदौ । 
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित हुनुभएको छ । संस्थापन पक्षका महरले रामचन्द्र पौडेल पक्षधर मनोजमणी आचार्यलाई पराजित गर्नुभएको हो । आचार्यलाई १ सय ६४ मतले पछि पर्दै महर नेविसंघको अध्यक्षमा विजय हुनुभएको हो ।nain-singh-mahar
निर्वाचन समितिका अनुसार महरले १४ सय ९६ र आचार्यले १३ सय ३२ मत ल्याउनुभएको छ । यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा विजयी हुनुभएको छ । नेविसंघ नेतृत्वमा अधिकांश महर प्यानलका उम्मेदवार बिजयी भएका छन् ।

कांग्रेसको शक्तिसाल भातृ संगठन मानिने नेविसंघमा २०६४ सालदेखि महाधिवेशन हुन सकेको थिएन ।।