जाजरकोट, २ भदौ ।
जाजरकोट टालेगाँउका दुइ वालवालीका विचल्लीमा परेका छन । सानैमा आमाको मृत्यु र वावु वेपत्ता भएपछि जाजरकोट टालेगाँउ ४ का २ वालवालीका विचल्लीमा परेका हुन । घरमा संरक्षण गर्ने आफन्त कोही नभए पछि १५ वर्षीय कमला सिंह र उनका भाई १२ बर्षिय विकास सिंह विचल्लीमा परेका छन । आमाको मृत्यु र वावु वेपत्ता भए पछि कहिले मामा घर तथा कहिले छमेकीको साहारामा वस्दै आएका उनिहरु उमेर वढदै गए सँगै अलपत्र पदै गएका छन् । उनीहरुको स्कुल पढने रहर सपनामै सिमित भएको छ । आर्थीक अवस्था निकै कमजोर रहेको र साहारा दिने घरमा कोही नभएपछि उनीहरु समस्यामा परेका छन् ।

समस्या भएपछि कमला सदरमुकाम स्थित एक होटलमा भाँडा माझेर गुजरा चलाउन थालेकी छन् । विज्ञान र अंग्रेजीमा डि ग्रेड आएकोमा रकम अभावले फारम भर्न नसकेपछि एसएलसीको स्तर बृद्धि परीक्षा समेत दिन नपाएको उनको भनाई छ । भाई मामा घर थियो अहिले कता छ केही थाह छैन ।
८ कक्षामा पढ्ने उनको भाई मामाघरको बाख्रा गोठालो बनेको उनले बताईन । कामको चापले गर्दा आफ्नो र भाईको पढाई विग्रिएको उनको भनाई छ । भाई २ बर्ष र आफु ५ बर्षको भएको बेला आमाको मृत्यु भएको कमलाले बताईन । आमा वितेको सपना जस्ता लाग्छ बाबाले पनि कान्छि आमा लिएर भारत तिर गएका अहिले सम्म फर्केका छैनन् ।
न आमाको न्यानो काख पाईयो न बाबाको माया ममता नै । हामी टुहुरा जस्ता भयौ । जता गयो सवै हेला मात्र गरे माया के हो भन्ने कुराको अनुभुति नै गर्न पाएनौ उनले आफ्नो पिडा सुनाई रहँदा उनको पटक पटक गला अवरुद्ध भएको थियो । ५ कक्षा सम्म मामाको घरमा काम गदै पढ्दै बसे । त्यसपछि कान्छि आमा सँग बुवालाई भेट्न भारतको सिम्ला गएँ त्यहाँ २ बर्ष बसे तर त्यहाँ न पढ्न पाँए न राम्रो सँग बस्न उनले भनिन् । त्यसपछि फेरी घरमै फर्के अनि ठुलो बुवाको घरमा बस्न थाले जहाँ बसे पनि दुःख मात्र पाए । नत राम्रो सँग पढ्न पाएँ न त खानबस्न नै । कसैले भाई र मलाई पढ्न सहयोग गरिदिए आफ्नो ठुलो उद्धार हुने उनले बताईन ।।











