इन्द्रेणी संवाददाता
दाङ, २ भदौ
ढुंगाजन्य वस्तु उत्खनन गर्न नपाइने भएपनि अटेर गर्दै उत्खनन र निकासी गर्नेहरु वढेका छन । हिजो मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानवाट ९ वटा टेक्टरलाई अवैध ढुंगाजन्य वस्तु उत्खननमा संलग्न रहेको भन्दै नियन्त्रणमा लिएको थियो ।unnamed

आज पनि प्रहरीले अवैध रुपमा पातुखोलोको वालुवा, गिट्टि उत्खनन् र ओसार पसार गरिहरेको अवस्थामा दुईवटा ट्रेक्टर नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुर आज विहान लु १ त ८९२३ र रा त १७२४ नम्वरका ट्रेक्टरलाई नियन्त्रणमा लिएको हो ।

एउटा डाँडापातु क्षेत्रवाट र अर्को टिकरी क्षेत्रवाट नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिनुभयो । पक्राउ परेका ट्रेक्टरहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला विकास समितिमा पठाइएको छ । इप्रका तुलीपुरले गत साउन महिनामा मात्रै ५० वटा ट्रेक्टर नियन्त्रणमा लिएको छ ।।