दाङ, २ भदौ । 
दाङको घोराही नगरपालिका–६ लाई पूर्ण सफा घोषणा गर्न ७ सदस्यीय अनुगमन समिति गठन गरिएको छ । वडा नागरिक मञ्च र वडा सरसफाइ समितिको संयुक्त बैठकले सबै क्षेत्रहरु समेट्ने गरी समिति गठन गरेको हो ।feature

वडा नागरिक मञ्चका संयोजक धर्म हमालको संयोजकत्वमा गठित समितिमा वडा सरसफाइ संयोजक मीनराज गौतम, सचिव दिनेश ओली, सदस्य यज्ञराज खत्री, नीमा घर्ती, वडा नागरिक मञ्चका सदस्य सुना सेन र पत्रकार गोविन्द खड्का रहनुभएको छ ।

समितिले वडाका घर र बस्तीको अनुगमन गर्नुका साथै सरसफाईको मापदण्ड पूरा गरेका घर र टोललाई सफा घोषणा गर्न सिफारिस गर्नेछ । साथै, बैठकले यहि भदौ १५ गते वडाको तेस्रो खुला दिसामुक्त दिवस पिपलखालीमा मनाउने निर्णय गरेको छ ।।