काठमाडौं, २ भदौ । नेविसंघ निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बिहिबार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो ।

election
फाइल तस्वीर

निर्वाचन समिति सदस्य कृष्ण पनेरुले दिएको जानकारी अनुसार विद्युतिय तर्फको ४ स्थान र मतपत्रको ३ स्थानमा मतगणना भइरहेको छ । उनले सबै पदहरुको मतपरिणाम तीन घण्टाभित्र आइसक्ने  बताए ।