tripur-nagarpalikaतुलसीपुर २ भदौ ।  त्रिपुर नगरपालिकाको भबन निर्माणको विवाद अन्त्य भएको छ ।

सर्वोच्च अदालतका न्यायधिष गोपाल पराजुली र गोपाल श्रेष्ठको संयुक्त ईजलासले नगरपालिको भवन सरकारले तोकेको स्थानमा निर्माण गर्न आदेश दिए पछि भवन निर्माणको बिवाद टुंगिएको अपेक्षा गरिएको छ ।

सर्वाेच्चले त्रिपुर नगरपालिकाको वडा नं. ५ डोक्रेणनामा रहेको १० कठ्ठा ८ धुर जग्गामा भवन निर्माणगर्नेका लागि फैसला गरेको छ ।

यसअघि सोही स्थानमा भवन निर्माणको प्रक्रिया सुरु गरिएको थियो । सर्बोच्च अदालतले पनि नगरपालिकाको भवन निर्माण गर्न सोही स्थानलाई सदर गरिदिएको छ । सर्वाैच्चको साउन ३० गतेको फैसलाले डोक्रेनामै भवन निर्माणगर्न आदेश दिइरहनु नपर्ने फैसला गरेको छ ।

 अन्तरिम आदेश छलफलका लागि पेश भएको रिट निबेदनमा निवेदनका तर्फबाट अधिबक्ता शेरबहादुर केसी र राम चन्द्र पौडेलले बहस गरेका थिए ।  बिपक्षमा त्रिपुर नगरपालिकाको तर्फबाट अधिबक्ता दिनमनी पोखरेल , मन्त्रीपरिषदको कार्यालयको तर्फबाट अधिबक्ता सह–अधिबक्ता रेवतीराज त्रिपाठीले बहस गरेका थिए ।

डोक्रेनामा भवन निर्माण गर्दा नगरपालिकाको केन्द्र रहने , स्थानीय स्वायत्त शासन ऐन २०१५ को दफा ७२ मा ब्यबस्था भएको त्रिपुर नगरपालिकाको कार्यकारी अधिकृत कमानसिंह थापा मगरले जानकारी दिए । बिगत लामो सयम देखि त्रिपुर नगरपालिकाको भवन निर्माणको बिषयमा बिवाद उत्पन्न हुँदै आएको थियो । जसले गर्दा भवन निर्माणको बजेट फ्रिज समेत हुँदै आएको थियो ।

साबिकको नारायणपुर गाबिस परिसरमै भवन र्निाण गर्न माग गर्दै आन्दोलन र प्रदशन समेत गर्दैै आएको थियो । साविक गाविसमै भवन निर्माण गर्नका लागि दवाव दिन आन्दोलन समिति समेत गठन गरिएको छ । तर  अर्को पक्षले त्रिपुर ५ को नारायणपुुरमा डोक्रेना निशुल्क रुपमा प्रदान गरिएको जग्गामा भवन निर्माणगर्नुपर्ने माग गर्दै आएको थियो । यो सवालमा जिल्लामा क्रियासिल राजनीतिक दलहरु पनि विभक्त वनेका थिए ।

तर साबिकको नारयणपुर गाबिसको परिसरमा भवन निर्माण गर्न मापदण्ड नै नपुगेको कार्यकारी अधिकृत थापा मगरले जानकारी दिए । उनले भने ‘नगरपालिकाले आफैले घर बनाउन मापदण्ड तोक्ने अनि आफैले मापदण्ड बिपरितको भवन निर्माण गर्न सुहाउदैन्थ्यो ।’