भादौ, २ तुलसीपुर । ग्रिन तुलसीपुर सरसफाई अभियानलाई तुलसीपुर क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरु एवं शुरक्षा निकायहरुले पूर्ण रुपमा सहयोग गर्नेप्रतिवद्धता व्यक्त गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाको मुख्य आयोजना तथा विभिन्न पाँच दर्जन वढी सामाजिक संघ संस्थाहरुकोसहकार्यमा सुरु हुन लागेको सरसफाई अभियानलाई पूर्ण रुपमा सफल पार्न सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सरसफाई अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा बुधवार भएकोअन्त्तरकृयाका सभहागि वक्ताहरुले तुलसीपुरको फोहोर व्यवस्थापनलाई दिगो रुपमासमाधान गर्नुपर्ने वताएका थिए । उनीहरुले क्लीन तुलसीपुर् ग्रीन तुलसीपुर अभियान स्वागत योग्य भएकोले यसलाई उत्सवको रुपमा सफल पार्नुपर्ने बताए ।
अभियानलाई उत्सवको रुपमा पुरागर्न सबै नगरवासिहरु अगाडि वढाउनुपर्नेर तुलसीपुर नगरपालीकालाई थप जिम्मेवार हुन दवाव सृजना गर्नुपर्ने बक्ताहरुको धारणा थियो । अन्त्तरकृयाका सहभागिहरुले नगर क्षेत्रका सबैको घर अगाडि दुई वटा विरुवाहरु अनिवार्य रुपमा लगाउनुपर्ने नियम बनाउनुपर्ने बताए । त्यसको व्यवस्थापन तथा कार्यान्वयन गराउन नगरपालिकालाई जिम्मेवारी दिनुपर्ने सहभागिहरुको सुझाव थियो ।
कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, तुलसीपुर सरोकार मन्चका अध्यक्ष गोपिनाथ योगी, राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिका अध्यक्ष शुरेस हमाल , ईलाका प्रहरी कार्यलयका प्रमुख कृष्ण प्रसाई , सामुदायीक वन महासंघका दाङका अध्यक्ष शोभाकर सापकोटा , बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारी, पूर्व प्रहरी संगठनका अध्यक्ष कुशलवहादुर आले, तुलसीपुर नगर जेसिजका कार्यकारी उपाध्यक्ष दिपेश भण्डारी लगायतले सरसफाई अभियानमा कोही पनि छुटन नहुनेमा जोड दिएका थिए ।
यो एउटा उत्सवको रुप भएकोले यसमा सबै सरोकारवाला र घर धनिहरुको अनिवार्य उपस्थिति आवश्यक रहेको उनीहरुले बताए । कार्यक्रमको सहजीकरण महासचिव नेत्रलाल वलीले गरेका थिए । । यस अघि विभिन्न पचास वढी टोलविकास संस्थाहरु र १५ वटा राजनीतिक दलहरुले क्लीन तुलसीपुर÷ग्रीन तुलसीपुर सरसफाई अभियानलाई पूर्ण रुपमा सहयोगगर्ने प्रतिवद्धता जनाई सकेको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विरु रावतले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्न वागमति सरसफाई अभियानका अभियान्ता एवं सरकार पूर्व मुख्य सचिव लिलामणि पौडेल भदौ ६ गते तुलसीपुर आउने कार्यक्रममा जानकारी दिइएको थियो ।
