दिपक बोहरा /तुलसीपुर २ भदौ ।
जातिय छुवाछुत अन्तयका लागि आवाज उठाउन लगेको लामो समय बितेपनि अझै कुनै उपलव्धि हुन नसकेको बक्ताहरुले बताएका छन् । बुधबार परेको जातिय उन्मुलन दिवसका अबशरमा तुलसीपुरमा भएको अन्तरक्रियाका बक्ताहरुले मथिल्लो कथित जातले तल्लो जातलाई गर्ने छुवाछुत अझै अन्त्य हुन नसकेको बताएका थिए ।
तुलसीपुर नगरपालिकाको सहयोगमा तुलसीपुर नगरस्तरिय दलित समन्वय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले दलित जातिका अगुवाहरु राजनीतिक दलमा आबद्ध भएको र उनीहरुले छुवाछुत भन्दापनि राजनीतिक मुद्दालाई उठाउने गरेकाले अझै जातिय छुवाछुत अन्त्य हुन नसकेको बताएका थिए ।
समितिका संयोजक करण परियारको अध्क्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यता एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्णा प्रसाँईको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बक्ताहरुले दलित माथि हुने छुवाछुत अन्त्य गर्न कुनैपनि राजनीतिक दलको झण्डा नबोकेर आफ्नो जातको नारा लिएर अगाडि बढ्ने हो भने मात्रै छुवाछुतको अन्त्य हुने बताएका थिए । दलितहरुको हक अधिकार सुनिश्चित गर्न सबै दलितहरु एकजुट हुनुपर्ने बक्ताहरुको धारणा थियो । तर कतिपय बक्ताहरुले दलित जाति भित्र नै मेलमिलाप नहुनु र छुवाछुतमाको मान्यता कायम रहनुले गर्दा समस्या बल्झिएको बताएका थिए ।
बक्ताहरुले जातिय मुद्दा उठाउन लागेको ५३ बर्ष पुगेको भएपनि अझै कथित ठूलो जातिले सानो जातिलाई हेप्ने प्रबृति अन्त्य हुन नसकेको बक्ताहरुले बताएका थिए । कार्यक्रममा सहभागी एकजनो भने ‘ राज्यसंग छुवाछुत अन्त्यकालागि आवाज उठाउन थालेको ५३ बर्ष भईसक्यो तर,अmँभै छुवाछुट अन्त्य हुन सकेको छैन् , कहिले सम्म यहि अवस्था रहने हो ।’ तर दलितहरु आफ्ना अधिकारका लागि आफै जागरुक र शिक्षत हुनुपर्ने कतिपय बक्ताहरुको मत थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रसाँई, मानबहादुर गोल्ड स्मिथ, दलित अधिकारकर्मी निर्मल नेपाली , साबित्रा बिक, सिलाई ब्यबसायी संघ दाङका अध्यक्ष सुरेन्द्र परियार , सुनचाँदी ब्यबसायी संघका अध्यक्ष संकर स्वर्णकार , नागरिक समाज घोराहीका संयोजक चक्रबहादुर बिक, प्रजातान्त्रीक उत्पिडित संगठनका अध्यक्ष मेघराज बिश्वकर्मा , नेपाल दलित बिद्यार्थी संघ दाङका खेम बिश्वकर्मा, नेपाली काग्रेसका पदमबहादुर खड्का , एमालेका कृष्ण गोपाल गुप्ता , नेकपा माओवादी केन्द्रका वेदप्रसाद वली , राप्रपा नेपालका नगर अध्यक्ष लालवहादुर केसी त्यस्तो धारणा व्यक्त गरेका थिए ।
समितिका सदस्य यमुना परियारको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिब बसन्त परियारले गरेका थिए ।











