काठमाडौं, २ भदौ । सरकारले पाँच वर्षभित्र प्रत्येक नागरिकसम्म राष्ट्रिय परिचयपत्र र्पुयाउने भएको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचय चार चरणमा नागरिकलाई सबै सुविधा रहनसक्ने एकीकृत परिचयपत्र वितरण गर्ने लक्ष्य सार्वजनिक गरेको हो ।
विश्वका एक सयभन्दा बढी देशले अत्याधुनिक इलोक्टोनिक्स परिचयपत्र प्रयोगमा ल्याइसके पनि नेपालमा भने भर्खर काम सुरु भएको हो । एउटै परिचयपत्रमा व्यक्तिका जैविक तथा वैयक्तिक सम्पूर्ण विवरण परिचयपत्रमा रहनेछ । जन्मदर्ता, नागरिकता, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र, लाइसेन्स, पासपोर्ट, जग्गाधनी प्रमाणपुर्जा सबै कागजातको काम गर्ने गरी परिचयपत्र वितरणका लागि प्राविधिक पक्षको काम सुरु भएको छ ।
तर सुरुमै परिचयत्र सबै सुविधा नराखे पनि विस्तारै थपिँदै जाने केन्द्र प्रमुख दिनेश भट्टराईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०६६र६७ को बजेट भाषणमा पाँच वर्षभित्र परिचयपत्र वितरण गरिसक्ने योजना ल्याए पनि बल्ल काम सुरु भएको हो । तीन वर्षअघि एसियाली विकास बैंकको सहयोगमा परिचयपत्र वितरणका लागि बोलपत्र आह्वान भए पनि विवादका कारण रद्द भएको थियो ।
केन्द्रले एसियाली विकास बैंक ८० लाख डलर आर्थिक सहयोगमा ठेक्का प्रक्रियाबाट फ्रान्सेली कम्पनी साफ्ररन आइडण्टिटी एण्ड सेक्युरेटी छनोट गरेको छ । आवेदन दिएका ६ कम्पनीमध्ये सबैभन्दा कम रकम ४८ लाख ७८ हजार ६ सय ९८ अमेरिकी डलर ९लागत अनुमानभन्दा ३९ प्रतिशत कम० मा साफ्र्रनसँग सम्झौता भएको केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।