दिपक घिमिरे
दाङ, १ भदौ
रोजगारी छैन , ब्याबसाय गर्ने वातावरण छैन भन्दै बिदेशको बाटो रोज्ने लाखौ युबाहरु लाई स्वदेशमै लगानी गरेर आम्दानी गरौ भन्दै गतिलो उदाहरण बनेका छन सौडीयार (१ जजरागाउँका स्थानिय चार युबा । बैदेशिक रोजगारीको सिलसिलामा धेरै बर्ष खाडीमा बिताएका दुई जना र स्थानिय बजारमै ब्याबसाय गरेर बसेका दुई जना गरी चार जनाको सयुक्त लगानिमा खुलेको ए एण्ड पि सोप इण्डष्ट्रीज प्रालीले सुरु गरेको साबुन उत्पादन जिल्लामै नमुना उधोग बनेको छ । करिब पचहत्तर लाख कुल लागत रहेको उधोगले हाल लुगाधुने साबुन उत्पादन गर्ने र निकट भबिष्यमै डिटरजेन्ट पाउडरका साथै नुहाउने हर्बल साबुन उत्पादन गरिने संचालक मध्यका एक गिरिराज पौडेलले बताए । ू हामी अहिले परिक्षण उत्पादनमा छौ , सुस्त सुस्त नुहाउने र लुगा धुने सबै ब्राण्ड उत्पादन गर्ने छौ । ू गिरिराजले बताए ।
देशमा रोजगारी नहुदा सरकारलाई धिक्कार्दै बिदेश पस्ने युबाहरुको लागि बैदेशिक रोजगारीमा लामो समय बिताएका यज्ञमुर्ती अधिकारी स्वदेशमै लगानी गर्न पाउँदा आम्दानी भन्दा आत्मसन्तुष्टी मिलेको बताउछन । ू खहरेको भेल झै उर्लेर आउने कमाई भन्दा सानो मुलसरी आउने आम्दानिको माया लाग्दो रहेछ । स्वदेशमै जमेर उधोगी बन्न पाउँदा मन खुशी भएको छ । कमाई के कति भन्ने भोलिका दिनमा देखियला , तर आज मनमा आत्मसन्तुष्टी मिलेको छ । ू यज्ञमुर्ती ले बताए ।
लामो समय रिचार्ज कार्ड बिक्री बितरणको ब्याबसाय गरेर अन्त्यमा बैदेशिक रोजगारिको बाटो समाती सकेका अर्का लगानीकर्ता सुनिल कुमार अधिकारी पनि बैदेशिक रोजगारलाई माया मारेर आफ्नै गाउँठाउँमा उधोगी बन्न पाउँदा खुशी छन । ू ब्याबसाय छाडेर युरोप र अमेरिका भन्दै धेरै समय खेर फालियो तर चार जना मिलेर यो योजना अगाडि ल्याएपछी खै किन मनमा सन्तुष्टि पलायो । म निक्कै खुशी छु । ू सुनिलले बताए । उनले थपे ू बिदेशको तुलनामा थोरै कमाउला तर सन्तुष्टि यसैले पूरा गर्ने छ । ू
पैसा र सुख सयलका लागि युबामा पलाएको बैदेशिक रोजगारी प्रतिको रुचिलाई चुनौती दिदै साबुन उधोगमा लगानी गरेर उधोगी बन्ने हिम्मत गरेका अर्का युबा हुन शिबराज पौडेल । आफ्नो छुट्टै ब्याबसाय , पारिवारिक सन्तुष्टि हुदाहुँदै पनि साथीभाइ को सल्लाहमा साबुन उधोगमा लगानी गरेर राम्रो काम गरेको स्विकार्छन शिबराज । ू मेरो आफ्नै ब्याबसाय छ , तर पनि साथी भाईले ल्याएको योजनामा हात हाल्नु पर्छ भन्ने लागेर लगानी गरेको छु । हिम्मत लिए अनुसार मेहनत गर्न सक्यौ भने अबस्य सफल हुनेछौ । ू शिबराजले बताए । उनले थपे ू आफ्नै क्षेत्रमा उधोग खोलेका छौ , भोलिका दिनमा देश ब्यापी हुने छौ । ू
बैदेशिक रोजगारीमा राम्रो आम्दानी गरिरहेका युबा र ब्याबसायिक सफलता हासिल गरेका युबाले संचालनमा ल्याएको साबुन उधोग आफैमा चुनौती पुर्ण त छ नै तर सानो क्षेत्र त्यसमा पनि देशको जटिल अबस्थामा सुरु भएको उधोग देशकै नमुना उधोग बनाएरै छाडने संचालकहरुको हिम्मत आफैमा उदाहरणिय काम हो । ू हामी बैदेशिक रोजगारमा राम्रो आम्दानी गरिरहेका युबा र यता नेपालमा पनि ब्याबसायमा राम्रो जमेका युबा साथी हरु मिलेर उधोग संचालन गरेका छौ । चुनौती छन , देशको अबस्था र उधोग प्रती सरकारी बेवास्ता नकारात्मकै छ तर पनि हामी डटेर उधोगलाई नमुना उधोग बनाउने छौ । ू गिरिराज पौडेलले बताए ।
राजनैतिक असहजता र स्थानिय उत्पादनलाई सकारात्मक रुपमा नलिने स्वभाव नेपाली समाजमा ब्याप्त हुदा सम्म नेपाली उत्पादन जति सुकै स्तरिय भएता पनि बजार तताउन नसक्ने हुदा यसतर्फ आफुहरुको विशेष ध्यान जाने संचालक शिबराज पौडेलले बताए । ू हाम्रो उत्पादन स्तरिय हुदाहुदै पनि राजनैतिक कारणले पछाडी पारिन सक्छ र डाहा गर्ने प्रबृत्ती ले हाम्रो उत्पादन पछाडी पर्न सक्छ तर हामी सबै कुरा मिलाएर अगाडि बढने छौ । हामी बिज्ञापन मा भन्दा गुणस्तरियतामा ध्यान दिनेछौ । ू शिबराजले बताए ।











