काठमाण्डौ, १ भदौ
प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो महिनाको तलब सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत वस्ती निर्माणको नेतृत्व गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुहुने भएको छ । फाउण्डेसनका संस्थापक दम्पती सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सँग बिहान भएको भेटमा प्रधानमन्त्रीले पहिलो महिनाको तलब दिने घोषणा गर्नुभएको हो ।prachanda_dhurmus-suntali

नयाँ आर्थिक वर्षमा २५ प्रतिशत बृद्धि भएसँगै प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० रुपैयाँ छ । भेटका लागि प्रधानमन्त्री कार्यालयले नै धुर्मुस–सुन्तलीलाई बालुवाटार बोलाएको थियो । प्रधामन्त्रीसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरेका छन ।।