भालुवाङ, १ भदौ
सामुदायिक वन संरक्षण र विकासका लागि सबै उपभोक्ताहरु जिम्मेवार भएर वातावरणमैत्री व्यवहारमा लाग्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । देउखुरीको भालुवाङ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रमका सहभागीहरुले यस्तो वताएका हुन ।ban

उनीहरुले सामुदायिक वन हाम्रो भन्ने भावनाको विकासबाट मात्र वन संरक्षण सम्भव भएकोले सबैको भुमिका महत्वपूर्ण हुने बताएका थिए ।

समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई कार्यक्रम भएको हो ।

सो अवसरमा समूहकी कोषाध्यक्ष गोमाया केसीले गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूहकी सदस्य पुष्पा पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गर्नु भएको थियो ।।