इन्द्रेणी संवाददाता
देउखुरी १ भदौ ।
देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि ः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा शिविर भएको हो ।देउखुरीका विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ शिविरको आयोजना गरिएको र आगामी दिनहरुमा अझ विकट गाउँ सम्म शिविर लैजाने तयारी गरिएको प्रवन्धक डा. भुसालले जानकारी दिए ।
दिर्घरोग सम्वन्धि समस्याहरु लिएर शिविरमा पुग्नेहरुको संख्यामा पनि बढी नै रहेको डा. भुसालले बताए ।
शिविरमा ३ सय ५० बढीले निःशुल्क स्वास्थ्य सेवा, औषधी र परामर्श पाएका छन् । फलोरेन्स अस्पतालवाट ६ जनाको स्वास्थ्यकर्मीहरु शिविरमा खटीएका थिए । प्रवन्धक डा. पुष्प भुसाल, डा. सुरज पराजुली र डा. देवा वली लगायतको टोली उपचारमा खटिएको थियो ।शिविरमा उपचारका लागि पुगेकाहरु मध्य अधिकांशमा हार्ड जोर्नी सम्वन्धिको समस्या वढी देखीएको डाक्टर सुरज पराजुलीले वताए । शिविरमा देउखुरीको गोबरडिहा, गंगापरस्पुर, गढवा र कोईलाबासबाट समेत बिरामीहरु सेवा लिन आएको अस्पतालले जनाएको छ ।।











