चितवन, १ भदौ
चितवनमा दुइवटा बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौंका लागि छुटेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरानका लागि छुटेको ना ४ ख ४५१६ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा ठोक्किँदा तीन जनाको ज्यान गएको हो ।aaa

दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ज्यान जानेको सनाखत हुन सकेको छैन ।

ज्यान जानेमा अन्दाजी २२ वर्षकी एक महिला, अन्दाजी ३० वर्षका एक पुरुष र अन्दाजी तीन वर्षका एक बालक छन् ।

बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौं र केहीलाई भरतपुर लगिएको प्रहरीले जनाएको छ ।।
रासस