nbsतुलसीपुर १ भदौ  । नेपाल बिद्यार्थी संघको ११औ महाधिबेशनमा दाङका दुई जनाले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

दाङका प्रचण्ड बिक्रम न्यौपाने , हरिष चन्द्र भण्डारीले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै सहमहामन्त्रीमा दाङका रमेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा भेसराज डाँगी , सरोज कुमार शाह र राजकुमार धितालले उम्मेदवारी दर्ता गराएका छन् ।

दाङको छिमेकी रोल्पावाट एकजना मनोजमनी आचार्यले मात्रै अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका एक्ला उम्मेदवार हुन । आचार्य रामचन्द्र पौडेलको तर्फवाट उम्मेदवारी दिएका पात्र हुन । तर उनको प्रतिपर्धि एवं पार्टी सभापति शेरवहादुर देउवाको समर्थनमा नैनसिंह महर उम्मेदवार वनेकोले कडा प्रतिपर्धा हुने आँकलन गरिएको छ । दाङ निवासी  नेबिसंघका केन्द्रीय सदस्य युवराज खड्काका अनुसार राप्ती वाट नेविसंघको नेतृत्वको लागि उम्मेदवारी दिने आचार्यमात्रै एकमात्र उम्मेदवार हुन । त्यस्तै सल्यान बाट राजकुमार केसी उपाध्यक्षमा भिड्दै छन् ।

सल्यान र  रुकुमबाट केन्द्रीय उपाध्यक्षका लागि १ ÷१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रुुकुमका तारक केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।  प्युठानका १ जनाले कोषाध्यक्षमा र रोल्पाका २ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।