बाँके, ३२ साउन
बाँकेमा माग अनुसार पर्याप्त खानेपानी उपलब्ध गराउन नसक्दा जिल्लाका अधिकांश बासिन्दाले हातेपम्पको पानी पिउने गरेका छन् । जिल्लामा खानेपानीका लागि हातेपम्पको प्रयोग गर्ने ८४ दशमलव ४७ प्रतिशत घरपरिवार रहेको तथ्याङ्क छ । उनीहरुले पानीको परिक्षण विना नै पानी पिउने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार बाँकेका ९४ हजार ६ सय ९३ घरपरिवारमा ७६ हजार दुई सय ४७ अर्थात् ८४ दशमलव ४६ प्रतिशतले हातेपम्मको पानी पिउने गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामै माग बमोजिम खानेपानी पु¥याउन सकिएको छैन भने जिल्लाका ग्रामीण क्षेत्रमा शतप्रतिशत जनता हातेपम्पको पानी पिउन बाध्य भएका छन् । खानेपानी संस्थान र उपभोक्ता समितिले वितरण गर्ने खानेपानी प्रयोगशालाबाट प्रमाणित गरी शुद्धिकरण विधिबाट वितरण गरिने भएपनि हातेपम्मबाट मानिसहरुले सोझै पानी पिउने गरेका छन् ।
जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा बेला बेलामा फैलिने गरेका विभिन्न महामारी र रोगको मुख्य कारण फोहोर पानी नै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।।