शिब के सी
सल्यान, १ भदौ
सल्यानमा रिम ३ जामुनेका गाउँलेहरुले आफ्नै सक्रियतामा मोटरबाटो निर्माण गरेका छन् । १ लाख २१ हजार रुपैयाको लागतमा गाउँलेले करिव ६ सय १० मिटर मोटरबाटो निर्माण गरेका हुन् । वडा नम्बर ३ को फल्लेपानी देखि साहु टोल सम्मको बाटो गाउँलेले उठाएको ९६ हजार रुपैयाँ र जामुनेबारी सामुदायीक वन समूहको २५ हजार रुपैयामा निर्माण गरिएको त्यहाँबाट जित सागर जिएमले जानकारि दिए ।
मोटरबाटो निर्माणमा स्थानीय अगुवाहरु रुद्र बहादुर बुढाथोकी, हर्क रेउले र कर्ण बहादुर साहु लगाएतकाले आफ्नो गाउँठाउँको विकासमा अरुको मुख ताक्दा पछाडी परिने भन्दै सक्रिएता देखाउएका थिए ।
यस्तै जामुनेमै फल्लेपानी देखि सिपनगैरा सम्म स्थानीयकै ९० हजार रुपैयाको लागतमा ५ सय ७० मिटर मोटरबाटो खनिएको स्थानीय हर्क बहादुर रेउलेले जानकारि दिए ।