इन्द्रेणी संवाददाता
प्युठान, १ भदौं ।
जिल्लाका ६ गाविसका महिलाहरु व्यावसायिक आयआर्जनमामा जोडिएपछि जिवननिर्वाहमा सहजता आएको छ । शुसासन तथा जिविकोपार्जन(गोल) परियोजनाअन्र्तगत फोप्ली, जुमृकांढा, वेल्वास, सारी, स्वर्गद्धारी र कोचिवाङका उच्च संकटासन्न अवस्थामा रहेका परिवारका महिलाहरु व्यावसायमुखि उत्पादनमा जोडिएका हुन् । अस्टे«लियन एड, आड्रा, रुपान्तरण र फुलवारी एकिकृत ग्रामिण विकास संस्थाको साझेदारीमा गोल परियोजना सञ्चालन भएपस्चात ग्रामिण क्षेत्रमा महिलाहरु आयआर्जनमा जोडिन थालेको गोल परियोजनाका फिल्ड अफिसर मोहन सुवेदीले वताए।1परियोजनाले ढाई वर्षदेखि लघुउद्यममार्फत जिविकोपार्जनमा सुधार, जलवायु परिवर्तन अनुकुलन र शुसासन तथा परिणममुखि नेतृत्वको क्षेत्रमा कार्य गदै आएको छ ।

आधारभुत उद्यमसिल शिक्षा तालिम लिएपस्चात सहभागिहरुको व्यावसायिक धारणा निर्माण भएकाले टोपे, टोसे तालिममा उत्साहजनक सहभागिता रहेको सुवेदिको भनाई छ । जलवायु परिवर्तन, जिविकोपार्जनको हिसावले संकटासन्न अवस्थामा रहेका परिवारका महिलाहरु व्यावसायिक आयआर्जनको तालिम लिदै आयआर्जन गर्नतर्फ आकर्षित छन् । वाख्रापालन, तरकारी खेति, खुद्रा पसल, मुढावुन्ने तालिम, च्याउखेति, गाईपालन, वाख्रापालन लगायतका उद्यममा लागेका हुन। परम्परागत रुपमा कृषि गर्दै आएका महिलाहरुले खेतिप्रणालिमा सुधार गरेपछि जिविकोपार्जनवाट व्यावसायउन्मुख हुन थालेका छन् । साथै घरको काम सकाएर वचेको समय पनि अचार वनाउने, मुढा वुन्ने जस्ता उद्यमसिल कार्यमा खर्चेर आयआर्जन गर्न थालेका छन् ।

उद्यमसिल शिक्षा तालिम लिएपस्चात आफु व्यावसायिक कृषितर्फ जोडिएको स्वर्गद्धारी खालकि १८ वर्षिय ईमा रोकाले वताईन। उनि भन्छिन सुरुमा पौढ शिक्षा किन पढेको ? तिमीले त पढ्न लेख्न जानेकी छौ भनि गाउँका मान्छेले भन्दा म मौन हुन्थे । तर म निरन्तर रुपमा उक्त केन्द्रमा आइरहे र भाग १ र २ पुस्तकको बारेमा छलफल हुँदा खेरी मात्र मनमा पनि व्यवसाय भन्ने शब्दको आगमन भएछ । हामि महिलाले पनि व्यवसाय गर्न सकिदो रहेछ । व्यवसाय गर्नका लागि शहर बजार मा नै जानपर्छ भन्ने सोचाइ पनि फेरियो । त्यसपछि टोपे, टोसे तालिमले कस्तो व्यवसाय गर्ने भनि पूर्ण रुपमा उनलाई निखा्र्यो ।

2सोही तालिमले उनलाई च्याउ खेती गर्ने व्यवसाय तर्फ अग्रसर बनायो । परियोजनाले च्याउ खेती तालिम प्रदान गरीसकेपछि आफ्नो घरमा आई च्याउ खेती व्यवसाय गर्न सुरु गरिन । समाजको मान्छेलाई चुनौती दिदै उनले च्याउ खेती गरेकी रहेछिन । च्याउ पनि व्यवसाय हुन्छ र ? अनि यो कसले किनेर खान्छ ? भन्ने मानिस धेरै रहेछन् । तर चुपचाप लागेर आपनो काममा व्यस्त भइन । नभन्दै च्याउ पनि राम्रो तरिकाले उम्रिएछ । २१ ओटा विडामा च्याउ खेती गरेकी इमा रोका ले २२ केजी च्याउ विक्रि गरि ४४०० कमाउन सफल भईन । गोल परियोजनावाट जिल्लामा ४५ वटा उद्यमसिल कक्षाहरु सञ्चालन गरि करिव ९ सय जनालाई उद्यमसिलताको तालिम दिएकोमा ७५५ जना व्यावसायिक कार्यमा सहभागि भएका छन्। आफु आयआर्जनमा जोडिएपछि जिविकोपार्जनमा सहजता आएको कोचिवाङ ६ कि शान्ता खत्रिले वताईन ।।