इन्द्रेणी संवाददाता
काठमाडौं । गएको शुक्रवार काठमडौंको तीनकुनेमा राजावादीहरुको प्रदर्शनलाई भट्काएर हिंसात्मक बनाएर फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू नभागेको बताएका छन् । आइतबार एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई भेटेपछि गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेर आफू सरक्षित मात्रै भएको तर नभागेको बताएका छन् ।
भिडियो सन्देशमा तीनकुनेमा आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्न खोजेको तर राज्यले घुसपैठ बनाएर आफ्नो कार्यक्रम विथोलेको दावी गरेका छन् । साथै आफूलाई मार्ने योजना छ भन्ने सुराकी पाएपछि आफूले प्रहरीको घेरा तोडेर सुरक्षित स्थानतर्फ लागेको सन्देशमा भनिएको छ । उनले नेपाली जनता छोडेर नखाग्ने र प्रहरी प्रशासनले खोज्नु पर्दैन, आफूलाई गोञ्जालो बनाएर आन्दोलन दवाउन खोजको र आफू सुरक्षित मात्रै बसेको बताएका छन् । आफू काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित बसेको बताएका छन् । उनले भिडियो सानो मन्दिर जस्तो देखिने ठाउँमा बनाएको देखिन्छ ।
तीनकुनेमा उनले आन्दोलनलाई भड्काएपछि प्रदर्शनकारीहरुले विभिन्न घर तथा सवारीका साधनमा आगजनी गर्दै धनजनको क्षति समेत पुर्याएका थिए । सो क्रममा एक जना पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए । त्यो आन्दोलनको कमाण्डर नै प्रसाईँ थिए । प्रसाईँले तीनकुनेमा प्रशर्दन हिंसात्मक भएपछि आफैले गाडी चलाएर प्रहरीको घेरालाई मिचेर सुरक्षा घेरा तोड्दै अरुलाई पनि उक्साएका थिए । प्रहरीले भने प्रसाईँ फरार रहेको खोजी गर्ने काम भइरहेको बताएको छ ।











