इन्द्रेणी संवाददाता
दाङ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवाढी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराइले मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएका छन् ।
रिपोटर्स क्लव दाङले आज विहीबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराइले यस्तो धारणा राखेका हुन् ।
मुलुक वर्तमान राजनीतिक अस्थिरताको मुख्य कारण नै प्रत्यक्ष कार्यकारी राष्ट्रपति बनाउन नसक्नु भएको बताउदै अध्यक्ष भट्टराइले जनताबाट निवर्राचित प्रत्यक्ष राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रदेश मुख्यमन्त्री, पूर्णसमानुतापलक तर प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा (संसद) र प्रदेशसभा बनाउन आवश्यक रहेको बताए ।
वर्तमान मिश्रीत संसदय व्यवस्थाबाट मुलुकको आर्थिक विकास हुन नसक्ने भन्दै उनले राजनीतिक दलहरुले सकेसम्म छिटो नभए ढिलै भएपनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थातर्फ जानुपर्ने बताए ।
अहिले चर्चामा रहेको राजावादीहरुको सक्रियताका विषयमा भने अध्यक्ष भट्टाईले जतनाले फालिसकेको राजतन्त्र फर्केर नआउने दावी गरे । राजतन्त्रलाई मरिसकेको व्यक्तिको सज्ञा दिदै उनले भने, ‘मरेको मान्छे फर्केर आउँछ, भूत बनेर मात्रै आउँछ, राजा फर्कने सम्भावना नै छैन ।’











