सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानमा एक जना वृद्धको लडेर मृत्यु भएको छ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि आएका बागचौर नगरपालिका ७ टाट्के निवासी ७० वर्षीय टीकाराम वलीको मृत्यु भएको हो ।
बिहीबार कार्यालय बाहिरबाट हिँड्दै आएर ढोकामा पुगेपछि वली ढलेको र उपचारका लागि जिल्ला अस्पतालमा पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए ।
बिहान करिब ११ः५० बजेतिरको समयमा जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन आएकोमा कार्यालयको तल्लो तलामा चिप्पलन गई लड्दा टीकारामको टाउकोमा चोट लागेको थियो ।











