काठमाडौं, २५ कार्तिक । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो।

उदाउँदो सूर्यलाई अर्घ्य दिन काठमाण्डौसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

अघिल्लो वर्ष कोरोनाका कारण घरमै छठ मनाउन बाध्य भएका व्रतालुले यसवर्ष जलाशय, नदी खोला किनारमै पुगेर उल्लासपूर्ण रुपमा छठ मनाएका छन् ।