इन्द्रेणी संवाददाता
काठमाडौं, २५ कार्तिक। नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। सो अवधिमा ९ हजार ६०९ जनाको पीसीआर र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ४६६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २७९ जना मुक्त भएका छन् ।











