इन्द्रेणी संवाददाता
काठमाडौं, ८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

koronaaपछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६९८ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ६७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १८ जनाको मृत्यु भएको छ ।