इन्द्रेणी संवाददाता
दाङ, ६ कार्तिक । दाङ प्रहरीले ६ वर्ष पहिले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हाल लमही ५ कोइलावास सडकवस्ने वर्ष ३० का प्रदिपकुमार जयसवाल रहेका छन् ।
उनले २०७० असार २५ गते श्रीमती प्रिति जयसवाललाई घाँटी च्यापेर हत्या गरेका थिए । जयसवाललाई जिल्ला अदालत दाङले २०७४ पुष १७ गते फैसलय गरी १८ वर्ष ८ महिना १९ दिन कैद तोकेको थियो । उनीलाई प्रहरीले मंगलवार लमही ५ मा लुकिछिपि वसको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।











