इन्द्रेणी संवाददाता
दाङ, ६ कार्तिक । जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै तिहारमा रातीको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी कार्यालयले जनहितका लागि जारी गरेको सूचनामा मर्यादित ढंगले भैलो खेल्नुपर्ने र रातको १० बजेसम्ममा मात्रै खेल्न लाइने उल्लेख गरिएको छ ।

dheushi-bhailoत्यसैगरी भैलोमा मादक पदार्थ सेवन गर्न नपाइने, ध्वानी प्रदूषण गर्ने गरी ठूलो आवाजमा माइकहरु प्रयोग गर्न नपाइने, दक्षिणमा करकाप गर्न पाइने छैन । त्यसैगरी चाड पर्वको समयमा सवारी दुर्घटना हुन नदिन, लुटपाटका घटना हुन नदिनलगायतका यो समयमा हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै प्रहरीले १२ बुद्दे सूचना पनि जारी गरेको छ ।

0001