जाजरकोट, ६ कार्तिक । नेत्रविक्रम चन्द विप्लवका कार्याकर्ताले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरसिंहमाथि आक्रमण गरेका छन् ।

biplavजाजरकोटको बारेकोट गाँउपालिकामा पालिका स्तरीय नेकपाको पर्टी कमिटीका पदाधिकारीलाई सपथ खुवाउन कार्यक्रममा जाँदै गर्दा विप्लवका कार्यकर्ताले बुधवार विहान आक्रमण गरेको बताइएको छ ।

बारेकोट गाँउपालिका –८ राहपानी झरना नजिकैको भीरमा निरज आचार्य र सिंहमाथि आक्रमण भएको हो । बाटोमा हिँडिरहेको बेला एक्कासी विपरित दिशावाट आएका पाँच जना मध्येका एक जनाले सुरुमा र त्यसपछि सबैले लठ्टी प्रहार गरी आफूहरुलाई घाइते बनाएको डम्बरबहादुर सिंहले बताए ।

सरकारले आफ्ना कार्यकर्तालाई गिरफतार गर्ने र मुद्दा लगायने गरेकाले सत्तारुढ दलका नेताहलाई गाउँमा पस्न नदिने विप्लवका कार्यकर्ताहरुले बताएका छन् ।

विप्लव नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वलीले नेकपाको सरकारले आफ्ना कार्यकर्तालाई पक्राउ गरेका कारण यस्तो कदम चालिएको बताउनुभयो । यस्तै, जिल्लाका अन्य पालिकामा पनि सत्तारुढ दल नेकपाका नेतामाथि आक्रमण हुन सक्ने चेतवानीसमेत उहाँले दिनुभयो ।