काठमाडौं, ६ असोज । यस वर्षको दशैका लागि नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ ।

naya-noteयसपटक राष्ट्र बैंकले पहिले नै छापिएका सुकिला नोटसमेत वितरण गर्ने भएको हो । हरेक वर्ष नयाँ नोट वितरण गरिने, तर त्यसको सर्वसाधारणबाट हिफाजत नहुने गरेकाले राष्ट्र बैंकले यस्तो नीति अपनाएको हो ।