देउखुरी, ६ असोज । बिरामी भर्ना हुनुपर्ने बेडमा धुलो जमेको छ। महिला, बालबालिका वार्ड पुरै खाली छन्। नर्सहरु खाली बेड कुरेर बसिरहेका छन्। उपचारको लागि आउने बिरामीलाई भर्ना गरिएको छैन। यो दृश्य हो, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार देखिएको।
प्रतिष्ठानमा विगत एक महिनादेखि बिरामी भर्ना गरिएको छैन।
भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई जिल्ला बाहिर रेफर गर्ने गरिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सामूहिक राजीनामा बुझाएपछि उपचार सेवा प्रभावित बनेको हो। बिरामीहरु उपचारको लागि प्रतिष्ठानमा आउने क्रम घट्दो छ। ‘जहॉ उपचार पाइ“दैन, त्यहा“ गएर के फाइदा’– सेवाग्राही सुमन कालाथोकीले भने, ‘डाक्टर भेटिदैनन् । सामान्य घाउ चोट लागेका बिरामीलाई समेत रेफर गरिन्छ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेदेखि नै विवादित बन्न पुग्यो। त्यसयता स्वास्थ्यकर्मी, कर्मचारीको आन्दोलन देखि उपकुलपति संगीता भण्डारीको मनोमानीका कारण प्रतिष्ठानको शाख घट्दै गएको हो। आफुखुशी कर्मचारी भर्ना गर्ने, निःशुल्क उपचार सेवा कटौती गर्नेलगायतका आरोप उपकुलपति भण्डारीमाथि लाग्दै आएको छ।
प्रतिष्ठानमा भएका आन्दोलनका कारण बिरामीले उपचार सेवा पाउन सकेका छैनन्। बिरामीहरु निजी अस्पतालमा गएर महंगोमा उपचार सेवा लिनुपर्ने बाध्यता छ। ‘बिरामीको पीडा कसले देखेको छ र रु निजी अस्पतालमा पैसाको खोलो बगाउनुपर्छ। सरकारीमा आउदा उपचार पाइ“दैन’– रमेश चौधरीले उनले– ‘पैसाले आयु बढाउ“दो रहेछ। पैसा नहु“दा गरिब दुःखी उपचार नपाएर मर्नुपरेको छ।’
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी हुने दर घट्दो क्रममा छ। सधैं भीडभाड हुने सुत्केरी वार्ड सुनसान छ। महिनामा दुई सय बढी आमाहरु सुत्केरी हुने अस्पतालमा मुस्किलले ५० जना आमा सुत्केरी हुने गरेका छन्। निःशुल्क रहेको सुत्केरी सेवामा शुल्क लागेपछि उपचार सेवा लिने आमाको संख्या घटेको पाइएको छ। यति मात्रै होइन, चिकित्सकहरु नहु“दा सेवा प्रभावित भएको हो। भदौ महिनामा ४१ जना मात्रै सुत्केरी भएका छन् आजको नयाँ युगबोध दैनिकमा खबर छ ।











