काठमाडौं, ५ भदौ। स्वास्थ जाँचका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाँदैछन् । आफू सिंगापुर जानुभन्दा पहिले पार्टीको अध्यक्षको कार्यकारी अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका छन्।
आज प्रधानमन्त्री निवास वालुवाटारमा वसेको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय समेत गरेको छ ।











