इन्द्रेणी संवाददाता
दाङ, ५ भदौ । दाङका एक बालकको कुलोमा डुवेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टी बस्ने राधिका चौधरीको २ वर्षको छोरा रिजन चौधरीको घर नजिकैको कुलोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बुधवार साढे ४ बजेको समयमा बालक कुलोले बगाएर ५ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीलको भनाइ छ ।