काठमाडौं, २२ माघ । राजस्व अनुसन्धान विभागले रामेश्वर भन्ने रामेश्वर साहसहित ८ जनाविरुद्ध धनुषा जिल्ला अदालतमा ४ अर्ब १६ करोड बराबरको मुद्दा दायर भएको छ ।

Ghus-1विभागले रामेश्वर साह, निजकी श्रीमती मिनादेवी साह, पक्राउ परेका विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरुले ४ अर्ब १६ करोड ३३ लाख ३१ हजार ९ सय १० रुपैयाँ ७५ पैसा घोटला गरेको भन्दै विभागले १२ अर्ब ४८ करोड ९९ लाख, ९५ हजार ७ सय ३१ रुपैयाँ २५ पैसा जनही बिगोको तीन गुणा जरिवाना असुल हुनुपर्ने माग दाबी गरेको छ ।

राजस्व छली गरेका उनीहरुलाई जनही ३ वर्ष कैद हुनुपर्ने माग दाबीसमेत गरिएको छ । प्रतिवादीमध्ये पप्पुकुमारको उमेर १५ वर्षको भएकाले आधा सजाय दाबी गरिएको छ । गत २२ पुसमा प्रहरीले रामेश्वरको घरमा छापा मारी ८३ लाख ६९ हजार नेपाली रुपैयाँ र ६ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो । रातो पाटीबाट