काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजनको गृहकार्यका लागि गठित कार्यदललाई तत्काल प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।
एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरू सचिवालयबाटै गर्दै आएको नयाँ पत्रिकामा खबर छ ।











