काठमाडौँ, २८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ ।
पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो ।
तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ । नौ सदस्य कार्यदलमा चारजना मन्त्री नै रहेको हुनाले उहाँहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न सकिरहेको छैन ।











