इन्द्रेणी संवाददाता

दाङ ,१९ मंसिर । केही दिनअघि निधन भएका घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगर को घरमै पुगेर सभामुख महराले शोकाकुल परिवारलाई सान्त्वना दिएका छन । लामो समय बिरामी भएर उपचारका क्रममा निधन भएका बुढामगरको घरमै पुगेर सभामुख महराले परिवारलाई मानिस जन्मेपछी मृत्यु अवश्यम्भावी भएकाले धैर्य धारण गर्न अनुरोध गरेका हुन ।

FB_IMG_1544018423677

यसै गरि सभामुख महराले केही दिन अघि  तलाउमा डुबेर निधन भएका घोराहीका लक्ष्मण डिसीको घर पुगेर श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त ।

FB_IMG_1544018419642

त्यस्तै सभामुख महराले केही दिनअघि निधन भएका नगर विकास समिति घोराहीका पूर्वअध्यक्ष बशीर अहमद सिद्दीकीको परिवारलाई पनि भेटेर समवेदना व्यक्त गरेका थिए  ।