इन्द्रेणी संवाददाता

दाङ, १९ मंसिर । दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभामा बिजयी भइ प्रतिनिधि सभाको सभामुख बनेका सभामुख महरा मतदाता भेटघाटका लागि आफ्नो निर्वाचन क्षेत्रमा आइपुगेका छन ।

आफू निर्वाचित भइ सभामुख भए यता प्रत्येक महिना दाङ आउने महराले यसपटक विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी जनाउने छन ।

यसै क्रममा भोलि मंसिर २० गते सभामुख महराले घोराही १४ नम्बर वडाका मतदाता संग अनौपचारिक भेटघाट गर्ने छन यसैगरी दाङमा संचालित  लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत ५ नं. प्रदेशस्तरीय गोष्ठीमा सहभाागी हुनेेे छ्न भने दिउँसो नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था सुनडबरी, देउखुरीको चौथो साधारणसभा सहभागीता जनाउने छन ।