दाङ, २९ असार । जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०७५÷७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार सम्पन्न दोस्रो जिल्ला सभामा सभापति जितेन्द्रमान नेपालीले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

DDC Dang

फोटो फाइल

 

नीति तथा कार्यक्रमको पूर्णपाठ-
जिल्ला समन्वय समिति दाङका प्रमुख श्री जीतेन्द्रमान नेपालीले २०७५साल असार २८ गते विहीबार दिन दाङ जिल्लाको दोश्रो जिल्ला सभालाई गर्नु भएको संवोधन भाषण–

प्रदेश नं ५ का माननीय मुख्य मन्त्री शंकर पोख्रेलज्यू,
संघिय प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरु,
राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरु,
प्रदेश सभाका माननीय सदस्यज्यूहरु,
जिल्ला सभाका सदस्यज्यूहरु,
आमन्त्रित सम्पूर्ण महानुभावहरु

दाङ जिल्लाको यस गरिमामय दोश्रो जिल्ला सभालाई संवोधन गर्न पाउदा मलाई अत्यन्त खुशी लागेको छ ।
यस अवसरमा सर्वप्रथम मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा ल्याईपु¥याउन विभिन्न समयमा आफ्नो अमूल्य जीवन वलिदान गर्नुहुने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । मुलुकको आमूल परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा योगदान पु¥याउनु भएका योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु । साथै मुलुकको राजनीतिक, आर्थिक एवम् सामाजिक सबलीकरणका लागि नेतृत्वदायी भूमिका खेल्नुभएका अग्रजहरुमा उच्च आदर प्रकट गर्दछु ।
जिल्ला सभाको यस विशिष्ट अवसरमा प्रदेश नं ५ का माननीय मुख्यमन्त्रीज्यूको उपस्थिति हामीले पाएका छौँ । यस गरिमामय सभामा संघीय तथा प्रदेश सभाका माननीय सभासदज्यूहरुको उपस्थिति रहनुले हामीलाई थप उत्साहित बनाएको छ । माननीय मुख्यमन्त्रीज्यूलाई हृदयदेखि स्वागत गर्दछु । सवै माननीय सभासदज्यूहरुलाई हार्दिक स्वागत गर्दछु ।
जिल्ला सभाका सदस्यज्यूहरु
हामीनिर्वाचित भएर जिम्मेवारी सम्हालेको एक वर्ष पुग्नै लागेको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित नेपाल कानूनमा भएको व्यवस्था बमोजिम अनुगमन, समन्वय र विकासमा सन्तुलनको कामलाई हामीले प्राथमिकताका साथ सम्पादन गरी रहेका छौँ । संघीय शासन प्रणाली हाम्रालागि नौलो अभ्यास हो । हामी सिक्दै र काम गर्दै अघि वढी रहेका छौँ । विधिको शासन, पारदर्शिता, जवाफदेहिता लगायत सुशासनका मुल्यमान्यता लाई हाम्रो कार्य सम्पादनको आधार बनाएका छौ । ‘सम्पन्न जनता, समृद्ध दाङ’वनाउने हाम्रो दीर्घकालीन लक्ष हो । यसलाई साकार पार्नु हाम्रो सर्वोपरी कर्तव्य हो । हाम्रो ईमान्दार प्रयासबाट लक्ष हासील गर्ने छौँ । हामी आफै सेवा प्रवाह र विकास निर्माणका काम गर्दैनौ । तर हामीलाई प्राप्त अनुगमन तथा समन्वयको जिम्मेवारीका माध्यमबाट जिल्लामा जनतालाई प्रदान गरिने सेवा र जिल्लाभित्र संचालित विकास निर्माणलाई गुणस्तरीय बनाउन हामी दृढ रहने छौँ । जसबाट हामी प्रति आम जनताको भरोसा र विश्वास बढने छ ।
सार्वभौम जनताका प्रतिनिधि हामीहरुले जनतालाई विकास निर्माणको सन्तुष्टिको प्रत्यक्ष अनुभुति हुने गरी कार्य गर्नु हाम्रो जिम्मेवारी हो । त्यसमा हामी सचेत छौँ, र त्यो अनुसारको अनुगमन र समन्वयको काम गर्दै आएका छौँ । विकास निर्माणको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा विचविचमा देखा पर्ने समस्याको निकास दिने काम स्थानीय सरकारहरुसँगको समन्वय र सहकार्यमा गर्दै आइराखेका छौँ । नेपालको संविधानले दिएको हाम्रो क्षेत्राधिकार अनुगमन, समन्वय र सन्तुलन नै हो । यसलाई आत्मसात गरेर सत्य निष्ठाका साथ अघि बढने कुरा यो गरिमामय सभामा प्रकट गर्न चाहन्छु ।
विकास व्यवस्थापनलाई सुदृढ, गुणस्तरीय र जनमुखी बनाउन आवश्यक पर्ने अनुगमन, समन्वय र सन्तुलनलाई प्रभावकारी बनाइ “सम्पन्न जनता, समृद्ध दाङ”.को लक्ष्य प्राप्त गर्न संघीय सरकार, प्रादेशिक सरकार, जिल्लाका सबै स्थानीय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज, निजी क्षेत्र र सञ्चारक्षेत्रसँग हातेमालो गरेर अघि बढने कुरामा हामी दृढ छौँ ।
सभाका सदस्यज्यूहरु
संविधानले सहकारिता,सहअस्तित्व र समन्वयलाई संघीय शासन प्रणालीको सफलताको सूत्र भनेको छ । सोही सूत्रको मर्म बमोजिम अनुगमन, समन्वय र सन्तुलनको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न हामी अथक प्रयत्न गरी रहेका छाँै र गरी रहने छौँ । सामान्य जनताले पनि संघीयताको वेग्लै मिठो स्वाद अनुभव गर्न सकुन् भन्ने सोचका साथ हामीले काम गरीरहेका छौँ । एशियाकै दोश्रो ठूलो उपत्यकाको रुपमा दाङ छ । सधै हराभरा भै रहने उर्वरभूमि देउखुरी उपत्यका छ । भौगोलिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय तथा व्यापारिक दृष्टिकोणले विशेष महत्व राखेको यस जिल्लामा विकासका प्रसस्तै सम्भावनाहरु रहेका छन् । जिल्ला बासीहरुले आफनो गौरवपूर्ण इतिहासलाई कायम राख्दै आफनो क्षेत्रबाट यसको सम्पन्नता, सौन्दर्यीकरण र आर्थिक रुपान्तरणका लागि अझ बढी क्रियाशील हुनुपर्ने समय आएको छ । यहाँ अन्नबाली, फलफूल खेती, पशुपक्षीपालन, मत्स्यपालन, तथा माहुरी पालनको प्रशस्त संभावना छ । उत्पादित दुग्ध प्रशोधन, अदुवा प्रशोधन, मह प्रशोधन, तेल तथा खाद्यान्न प्रशोधन, जडीबुटी प्रशोधन जस्ता घरेलु उद्योगहरु संचालन गरेर रोजगारी तथा आय आर्जन गर्न सकिन्छ ।
हालसम्म भौतिक पूर्वाधारको विकासलाई प्राथमिकता दिइरहेको सन्दर्भमा अव सामाजिकक्षेत्रका स्वास्थ्य र शिक्षामा गुणात्मक फडको मारेर आर्थिक विकासका लागि सिपालु र पौरखी जनशक्ति जिल्लामै उत्पादन गर्न ध्यान दिन जरुरी छ । वातावरण सन्तुलन तथा विपद व्यवस्थापन, लैङ्गिक समानता तथा समावेशीकरण, दिगो विकास लक्ष जस्ता साझा विषयलाई विकासका हरेक विभागसँग आवद्ध गर्दै असल शासनका माध्यमवाट विकासको न्यायोचित वितरणमा हाम्रो ध्यान जानुपर्दछ । यी विषयमा हामी हरुले स्थानीय सरकारलाई निरन्तर सचेत गराउने कार्यमा सघाउने छौ । राज्यबाट प्रदान हुने सेवा सुविधाबाट टाढा रहेका लक्षित बर्ग र अन्य बंचितीकरणमा परेका समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने काममा विलम्व गर्न हुदैन । विकासको मूलप्रवाहमा सबै तह र तप्काका नागरिकलाई समन्वयात्मक ढंगबाट समावेश गराई विकासको प्रतिफलमा सरीक हुने गरी काम गर्न दृढताका साथ हामी लागि परेका छाँै र लागी रहने छौँ ।
सभाका सदस्यज्यूहरु
हामीले चालु आ. व २०७४÷०७५ का लागि जिल्ला समन्वय समितिको बैठकबाट वार्षिक बजेट बाडँफाड गरी कार्यान्वयन गरीरहेका छौ । यस प्रसंगमा अब म बितेको एक बर्षमा भएको कार्यको सार संक्षेप यस गरिमामय सभासमक्ष प्रस्तुत गर्न चाहन्छु ।
१ जिल्लाको विकास निर्माणमा अनुगमन, समन्वय र सन्तुलन ल्याउनको लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गरी अनुगमनको कामलाई तिब्रता दिएको छ ।
२. नेपाल सरकारले स्वीकृत गरेको संगठन स्वरुप र निर्देशिका बमोजिम कर्मचारी व्यवस्थापनको कार्य भैरहेको छ ।
३ दैनिक सेवा प्रवाहलाई शीघ्र, सहज र सुलभ बनाउने प्रयास जारी छ ।
४ नदीजन्य पदार्थमा भएको अवैध चोरी निकासीलाई पूर्णरुपमा निरुत्साहित गर्नको लागि अनुगमन कार्यलाई तिब्र पारिएको छ ।
५ जिल्लाको संमृद्धिका लागि दूरदर्शी योजनाको बारेमा संघीय प्रतिनिधि सभाका सभामुखज्यू, प्रदेशका मुख्यमन्त्रीज्यू, जिल्लाबाट प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सासदज्यूहरु र स्थानीयतहका प्रमुख वा अध्यक्षज्यूहरु र मुख्य राजनीतिक दलका प्रमुखको सहभागितामा वृहत अन्तक्रिया सम्पन्न गरेका छौं । यो कार्यक्रमले जिल्लाको समृद्धिको खाका कोर्न सहयोग पुगेको हाम्रो विश्वास छ ।
६ जिल्लाको समग्र विकासका लागि जिल्ला विकास सल्लाहकार परिषद गठन सम्बन्धी कार्यविधि तयार पारिएको छ ।
७ दिगो विकास र विकास निर्माणका बारेमा साझा धारणा बनाउन स्थानीयतहसँग समन्वयको भूमिका निर्वाह गर्ने कार्य निरन्तर गर्दै आएका छौ ।
८ नियमित गर्ने वेरुजु, असुल उपर गर्ने वेरुजु र पेश्की वेरुज फछ्यौट गर्ने कार्यलाई प्राथमिकतामा राखी रु. ५ करोड फछ्यौट गर्न सफल भएका छौँ ।
९ समग्र दाङ जिल्लाको पर्यटन विकासका लागि पालिकाहरुमा संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि सहजीकरण गरिएको छ ।
१० स्थानीयतहरुको सन्तुलित विकासका लागि जिल्लामा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ÷ संस्थाहरुको भेला आयोजना गरी सहकार्यको वातावरण बनाईएकोछ ।
१२ सरकारले नदीजन्य पदार्थको उत्खनन, संरक्षण सम्वन्धमा दिएको अधिकार प्रयोग गरी वातावरणीय प्रभाव मुल्याकन( भ्क्ष्ब्० प्रतिवेदनमा उल्लेख भएका नदी र खोलाहरुमा जिल्लाका २२ ठाउँमा ठेक्का सम्झौैता गरेर रु ६२१८०६८२ राजश्व जम्मा भएको छ । त्यसै गरी राजश्व लिएर विपत व्यवस्थापनको कार्य भएको र सो बाट १ करोड ४६ लाख ३३ हजार ५ सय २० रुपैयाँ राजश्व संकलन भएको छ भने १ हजार विगाह जमीनलाई सुरक्षित गराउने काम भएको छ ।

१३ नदीजन्य पदार्थको अवैध उत्खनन, चोरी निकासीलाई रोक्नको लागि हामीले अनुगमनको कामलाई प्रभावकारी बनाएकोले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासीमा सलग्न रहेको अवस्थामा विभिन्न साधनलाई स्थानीय प्रशासन र प्रहरीकोे सहयोगमा कारवाही गरेर ३४ लाख ९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना अशुल गरी राजश्व खातामा दाखिला गरेका छौँ ।
१४ नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी कार्यलाई पुर्णरुपमा निरुत्साहित गर्नको लागि अवैध उत्खननमा प्रयोग भएका सवारी साधनको जरिवाना रकम बढाएर अवैध कार्यमा सलग्न रहने कार्यलाई निरुत्साहित पार्ने प्रयासमा सफलता हासिल भएको अनुभूति गरेका छौँ ।
१५ जिल्लामा सञ्चालन भएका क्रसर उद्योगको नियमनको लागि अनुगमन गरेका छौ । अनुगमनको क्रममा क्रसर उद्योगमा खरिद रसिदको परिमाण भन्दा बढि परिमाणको कच्चा पदार्थ स्टोर गरेर राखिएको पाइएकोले करको दायारामा ल्याउने काम पहिलो पटक भएको छ । यस कार्यबाट क्रसर उद्योगबाट रु ७०,५७६५४।– राजश्व प्राप्त हुन आएको छ ।
१६ विकास निर्माणको कामलाई व्यवस्थित, प्रभावकारी बनाउन र वीचमा देखा पर्ने समस्याहरुलाई समधान गर्ने कार्य स्थानीयतह र स्थानीय प्रशासनससँगको समन्वयमा सम्पन्न गरिएको छ ।
१७ स्थानीय सरकारहरुले दिदै आएको सेवालाई प्रभावकारी बनाउन उनीहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धिको लागि विभिन्न अभिमुखीकरण तालिमहरु आयोजना गरेका छौँ ।
१८ स्थानीय सरकारको योजना र बजेट व्यवस्थापन सम्बन्धी क्षमता वृद्धिका लागि अभिमुखीकरण तालिम आयोजना सम्पन्न गरेका छौ। यस बाट स्थानीयतहका कार्यपालिका सदस्यहरु तथा नगरसभा एवम् गाउँसभा सदस्यहरुको बुझाई राम्रो भई सभाहरु सुव्यवस्थित रुपमा सञ्चालन हुन सहयोग पुगेको महशुस गरेका छौ ।
गएको एक वर्षको अनुभवमा आधारित भएर भन्नुपर्दा जिल्लामा नदीजन्य बस्तुको स्थानीय स्तरमा खपत गरी बाहिरी जिल्लाहरुमा निकासीको प्रचुर संभावना छ । नदीजन्य पदार्थको पारदर्शी तरिकाले दिगो व्यवस्थापन गर्न सकेमा राजश्व संकलन भै समग्र जिल्लाको विकासमा टेवा पुग्ने देखिन्छ । त्यस तर्फ पनि अब प्रदेश र स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । नदीजन्य बस्तु (ढुंगा)को उत्खनन् तथा व्यवस्थापनमा ठुलो समस्या छ । ढुंगा उत्खनन्का लागि निश्चित खानीहरुबाट उत्खनन् गर्ने जरुरी भएको छ । जिल्लाको प्राकृतिक स्रोत साधनको आवश्यकता पुरा गर्ने आधार, विधि र कानूनको अभावमा गैर कानूनी उत्खनन्ले प्रश्रय पाएको देखिएको छ । जसले गर्दा पानीका मुहान सुक्दै गएकोले खानेपानीको संकट श्रृजना हुन गएको छ । यो कार्यलाई व्यवस्थित बनाउन सकिएन भने जिल्ला मरुभूमीकरण बन्ने संभावना भएकाले यसतर्फ सबै सजक हुन अति आवश्यक छ ।
यसरी बितेको एक वर्षमा हामीले गरेको काम र उपलब्धीले हामीलाई उत्साह थपेको छ । समग्र जिल्लाबासीको साथ र सहयोग जुटाएर रचनात्मक, समन्वयात्मक र सिर्जनात्मक ढंगवाट हामी आफ्नो जिम्मेवारी पुरा गर्न निरन्तर लागी रहने छौँ ।

सभाका सदस्यज्यूहरु
अब म आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि तयार पारिएको नीति तथा कार्यक्रम यस सम्मानित जिल्ला सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
प्रमुख नीति तथा कार्यक्रम
१ जिल्लाको स्वीकृत गुरुयोजना (मास्टर प्लान) बनाएर त्यसबाट निर्देशित भएर स्थानीय सरकारहरुले विकास व्यवस्थापन गर्दा समग्र विकासका नतिजा हासिल गर्दै लक्ष उन्मुख हुन सकिने भएकोले जिल्लाको एकीकृत गुरुयोजना तयार पार्ने निती अख्तियार गरिने छ ।
२ आ.व. २०७५÷०७६ मा जिल्लाको विकास निर्माण र सेवालाई प्रभावकारी बनाउने सवालमा वार्षिक कार्यतालिका आधारमा अनुगमन, समन्वय र सन्तुलनको नीति अख्तियार गरिने छ ।
३. संघ र प्रदेश मातहतका जिल्ला स्थित सरकारी कार्यालयहरु र स्थानीय तहहरुको अनिवार्य रुपमा वार्षिक प्रगति समीक्षा गरी सार्वजनिक गरिने नीति अवलम्बन गरिने छ ।
५ स्थानीयतहहरुको सेवालाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति दिलाउन निर्वाचित जनप्रतिनिधहरु र कर्मचारीहरुको ज्ञान सिप र क्षमता वृद्धि गर्ने नीति अख्तियार गरिने छ ।
६ ‘सम्पन्न जनता, समृद्ध दाङ’को लक्ष्य प्राप्तिका लागि जिल्लामा विकासका आयामहरुलाई प्राथमिकीकरण गरेर अघि बढने नीति अवलम्बन गरिने छ ।
७ अनुशासित, सिपालु, मेहनती, सहयोगी र प्रविधिमैत्री एवम् शिष्ट कर्मचारीेको मुल्यांकन गरी पुरस्कार र दण्डको नीति अख्तियार गरिने छ ।
८ संवैधानिक अधिकार र कर्तव्यप्रति सचेत, सभ्य , ईमान्दार र पौरखी जनता बनाउन आवस्यक नीति अख्तियार गरिने छ ।
९ विकासमा सरकारको नेतृत्व, सबैको साझेदारिता र स्वामित्वको नीति अवलम्बन गरिने छ ।
१० समन्वय, अनुगमन, सन्तुलन र नियमनलाई प्रभावकारी बनाई विकासमा गुणात्मक परिवर्तन ल्याउने नीति अवलम्बन गरिने छ ।
११ जिल्ला समन्वय समिति अन्तर्गत रहेका जग्गा, जमिन, भवन र सटरहरु (स्रोत साधन) को प्रयोगबाट आयवृिद्ध गरी जिल्ला समन्वय समितिको आर्थिक पक्षलाई सुदृढ तुल्याइने नीति अख्तियार गरिने छ ।
१२ एकभन्दा बढि पालिकाहरुलाई फाइदा हुने विषयहरुमा अन्तर स्थानीयतह साझेदारी प्रवद्र्धन गर्न गाउँपालिका, नगरपालिका बीच हुने साझेदारीमा लागत न्युनीकरण, श्रोत साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने गरी जिल्ला समन्वय समितिले सहजीकरण गर्नेे नीतिलाई अवलम्बन गरिने छ ।
१३ संघीय सरकार र प्रदेश सरकारका लक्ष्य र उदेश्य हासिल गर्न सहयोग पुग्ने गरी स्थानीय सरकारका विकास, लक्ष्य, उदेश्य र क्रियाकलापहरुलाई जिल्लाको समग्र विकास सम्बन्धि एकिकृत खाका तयार गर्ने नीति अवलम्बन गरिने छ ।
१४ स्थानीय श्रोत साधनहरुको अधिकतम प्रयोग हुने साना कुटिर घरेलु उद्योगहरुको स्थापना र विकास गर्न सरल कार्यविधिमार्फत विना झनझट सामान्य शुल्कमा घरेलु उद्योगहरु स्थापना गर्न सक्ने नीति अख्तियार गरिने छ ।
१५ राष्ट्रिय वन, सामुदायिक वन र निजी वनको विकास र उपयोगमा स्थानीय सरकारको संलग्नतालाई प्राथमिकता दिइ जनतालाई सहज रुपमा सुविधा पुराउने निती अवलम्बन गरिने छ ।
१६ कृषियोग्य भूमिको सुस्पष्ट किटान गरी कृषिलाई व्यवसायीकरण गर्न फार्म खेतीको प्रर्वद्धन गर्न अनुदान उपलब्ध गराउन आवस्यक समन्वय गर्ने नीति अख्तिार गरिने छ ।
१७ सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई सुलभ व्याज लिएर पूँजी परिचालन गर्न र जनताको आर्थिक स्तर सुदृढ पार्न कानूनी व्यवस्थाका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई पृष्ठपोषण गरिने नीति अवलम्बन गरिने छ ।
१८ दाङ उपत्यका र देउखुरी उपत्यकामा यातायात सुगमता र आर्थिक एवं औद्योगिक प्रवद्र्धनका लागि चक्रपथ निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारसँग समन्वय गरिने नीति अवलम्बन गरिने छ ।
१९ जिल्लामा फोहर व्यवस्थापन चुनौतीपूर्ण हुँदै गैरहेको सन्दर्भमा प्रत्येक स्थानीय सरकारले व्यवस्थित ल्याण्डफिल साइट निर्माण र सञ्चालन गर्न समन्वयको नीति अख्तियार गरिने छ ।
२० मापदण्ड बिना गाउँ बस्तीका बीचमा सिमेन्ट उद्योगहरुको स्थापना र सञ्चालनले वातावरण प्रदूषण अत्यधिक बढन गई स्वास्थ्य तथा वातावरण सम्बन्धी विभिन्न समस्याहरु श्रृजना हुन थालेकाले मापदण्ड अनुसार उद्योग सञ्चालन गर्न लगाउने र अबदेखि जिल्लामा नयाँ सिमेन्ट उद्योगहरुको स्थापना र सञ्चालन बन्द गर्र्ने निती अख्तियार गरिने छ ।
२१ शिक्षा क्षेत्रको विकासको लागि संगठन संरचना तयार गर्ने, विद्यालय मर्ज गर्ने, विषयगत शिक्षक दरबन्दी मिलान गर्ने, अंग्रेजी र नेपाली दुवै भाषाको माध्यमबाट अध्ययन र अध्यापन गर्ने व्यवस्था मिलाई व्यवसायिक एवं प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्ने कार्यमा आवस्यक समन्वय गरिने नीति अवलम्बन गरिने छ ।
२२ जिल्ला समन्वय समितिको खाली जग्गामा फलफुल र अन्य जातीका बोटविरुवा र पुष्प नर्सरी स्थापना तथा व्यवसायीकरण गरी ‘पुष्प सभ्यता’को प्रर्वद्धन गर्ने निती अख्तियार गरिने छ ।
२३ आवास क्षेत्र, व्यापारिक क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्र सुनिश्चित गरी जिल्लालाई व्यवस्थित र समृद्ध बनाउने नीति अवलम्बन गरिने छ ।
२४ प्रकोप व्यवस्थापन कार्यलाई स्थानीय तहसम्म प्रभावकारी रुपमा संचालन गर्ने नीति अख्तियार गरिने छ ।
२५ जिल्लामा पर्यटन प्रवद्र्धन तथा संस्कृति संरक्षण कार्यलाई अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति अख्तियार गरिने छ ।
२६. जिल्लामा आय आर्जनमूलक उद्यम प्रवद्र्धन गर्न विभिन्न विषय तथा विभिन्न स्तरका तालीम तथा प्रदर्शनीहरु सञ्चालन गर्ने एवं यसका लागि सरोकारवालहरुसँग समन्वय गर्ने नीति अख्तियार गरिने छ ।
सभासद्ज्यूहरु
अब म यो गरिमामय सभा समक्ष विभिन्न कार्यविधिहरु प्रस्तुत गर्दछु ।
१ जिल्ला सभा सञ्चालन कार्यविधि, २०७५
२ जिल्ला स्तरीय अनुगमन तथा समन्वय कार्यविधि, २०७५
३ दाङ विकास सल्लाहकार परिषद संचालन कार्यविधि, २०७५
मैले माथि उल्लेख गरेका आ. व. २०७५÷०७६ का नीति तथा कार्यक्रमहरु जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारहरुले संचालन गर्ने विकास निर्माणका काम तथा सेवा प्रवाहका लागि सहयोगी हुने विश्वास लिएको छु । सारमा हाम्रा नीति र कार्यक्रमहरुले सम्पन्न जनता,समृद्ध दाङको लक्षलाई साकार पादै प्रदेशको लक्ष्य समृद्ध प्रदेश, खुशी जनता मा जोडिदै समृद्ध नेपाल,सुखी नेपालीको महाअभियानमा समाहित हुने छन् ।
सभाका सदस्यज्यूहरु
यस अवसरमा जिल्ला समन्वय समितिको कार्य सम्पादनमा सधै मार्ग निर्देशन गर्नुहुने प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू, हामीलाई निरन्तर माया र मार्ग निर्देशन गर्नुहुने माननीय मुख्यमन्त्रीज्यू, माननीय सासद्ज्यूहरु, पुर्व मन्त्रीज्यूहरु, पुर्व सासद्ज्यूहरु, राजनीतिक दलका नेतागण, नागरिक समाज, पत्रकार, बृद्धिजिवी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसस्थाका प्रमुख वा प्रतिनिधिहरु सबैप्रति जिल्ला समन्वय समितिको तर्फबाट हार्दिक आभार प्रकट एवम् धन्यवाद ज्ञापन गर्दछु । मेरा सहकर्मी उपप्रमुख तथा समन्वय समितिका सदस्यहरुको सहयोगको पनि यस अवसरमा सह्राहना गर्न चाहन्छु । जिल्ला समन्वय अधिकारी लगायत सम्पूर्ण कर्मचारीहरुको सहक्रियात्मक कार्यसम्पादनका लागि पनि धन्यवाद दिन चाहन्छु ।
अन्तमा, हाम्रो आमन्त्रणलाई स्वीकार गरी आफनो व्यस्तताका बावजुद हामीलाई आफ्नो सारगर्भित सम्वोधन मार्फत प्रेरणा तथा मार्गदर्शन गर्न पाल्नु भएका माननीय मुख्यमन्त्रीज्यूमा आभार व्यक्त गर्दछु । साथै उपस्थित सांसद्ज्यूहरु, पत्रकारज्यूहरु तथा सम्पुर्ण महानुभावहरुमा जिल्ला समन्वय समिति र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै यो संवोधन यहीँ समाप्त गर्दछु, धन्यवाद !