काठमाडौं, २५ वैशाख । मन्त्रिपरिषद्को बैठकले वैशाख २८ देखि २९ सम्म हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ ।

oli-modiप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए । त्यस्तै बैठकले कारागार सुधारका लागि कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

राज्यमन्त्री बाँस्कोटाका अनुसार अहिलेसम्म कारागारलाई सुधार गृहका रूपमा स्थापित गर्न नसकिएकाले त्यसको सुधार र व्यवस्थापनका लागि सैद्धान्तिक सहमति दिने निर्णय सरकारले गरेको हो । त्यस्तै, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।