तुलसीपुर २८ फागुन । राप्ती अञ्चल सार्बजनीक यातायात बस ब्यबसायी समितिमा विवाद चुलिएको छ । राप्ती समितिको भखरै भएको अधिबेशनबाट सर्बसहमती नेतृत्व चयन गर्ने भद्र सहमती भएपनि कार्यान्वयन नभएको भन्दै एमाले निकट ब्यबसायीले असहमती जनाएका छन् ।

rapti samiti

राप्ती समितिमा सर्बसहमती बनाउन् काग्रेस निकट शुरेस हमाललाई अध्यक्ष बनाउने र एमाले निकट बामदेव खनाललाई बरिष्ठ उपाध्यक्ष बनाउने भद्र समहती भए पनि बरिष्ठ उपाध्यक्षमा चुनाब लडाई काग्रेसकै भरतनाथ योगीलाई उपाध्यक्ष बनाएको भन्दै एमाले निकट ब्यबसायीले आपत्ति जनाएका हुन् ।

एमाले निकट ब्यबसायी बामदेव खनालले तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफुलाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमती गरेको भएपनि भरत नाथ योगीलाई बरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिन लगाई उनलाई नै जिताउन रणनीति गरेको आरोप लगाए ।