तुलसीपुर, २८ फागुन । बृद्ध सेवा समितिको भवन स्तरोन्नती गर्न तुलसीपुरमा जारी महायज्ञमा आईतबार सम्म करिब ६ लाख आथिक संकलन भएको छ । महायज्ञ प्रचार प्रसार समितिका संयोजक सुष्मा लामिछानेका अनुसार आईतबारसम्म ५ लाख ८४ हजार पाँच सय २८ रुपौयाँ संकलन भएको छ ।
उनका अनुसार आईतबार तुलसीपुर १२ निबासी प्रमराज गिरी र शुष्मा गिरीले १५ हजार पाँच सय, माघब प्रशाद लामिछानेले सात हजार एक सय १५, ईन्द्र बहादुर खत्रीले सात हजार एक सय १०, जिबराज खत्री, श्याम सुन्दर बस्नेत, कृष्ण प्रशाद उपाध्यायले जनही सात हजार दान गरेका छन् ।
त्यस्तै दुर्गा प्रशाद लामिछानेले पाँच हजार पाँच, नारायण खत्री, श्याम सुन्दर बस्नेले पाँच हजार एक ५५, भुवनेश्वर आचार्यले पाँच हजार पाँच सय ५५, छबिलाल भण्डारीले पाँच हजार पाँच, बसना कुमार खडकी पाँच हजार पाँच दान गरेको प्रचार प्रसा संयोजक गिरीले बताईन् । तुलसीपुर उपहानगरपालिका १२ रझेनामा श्रीमद् भागवत ज्ञान महायज्ञ लागेको छ । साथै महायज्ञमा ७ दिन सम्म धनन्जय गौतमले निःशुल्क बेदपाट ४० अध्याय र १८ अध्याय बिष्णु सदाश्र बाचन गर्ने जनाएका छन् ।










