देउखुरी, १३ फागुन । राजपुर गाउपालिका वडा नं। ७ डगमारा नाकामा नाकास्तरीय खेलकूद महोत्सव शुरु भएको छ । २२ वटा नाकामा रहेका दश विद्यालयको सहभागितामा महोत्सव शुरु भएको हो । २०५५ सालबाट नियमितरुपमा महोत्सव हुने गरेको छ ।
महोत्सवको उद्घाटन पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले गरे । महोत्सवलाई सम्बोधन गदैर् महराले सीमा रक्षकको रुपमा रहेका नाकावासीलाई अब विकास निर्माणसग जोड्नुपनेर् बताए ।
‘भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ, अब नेपाली वस्तीलाई सडक सञ्जालसग जो ड्नुपर्छ’– उनले भने – ‘यहाँको समस्यासग नजिक छु, वाम गठवन्धनको सरकारले यो जनाबद्ध बिकास गनेर् क्रममा नाकाको एकीकृत विकासलाई पनि ध्यान दिने छ ।’ कोइलाबासबाट भारतीय सडक हुदै नेपाल प्रवेश गरेका महराले आफ्नै एउटै जिल्लाको एक वस्तीबाट अकोर् वस्तीमा जान भारतीय बाटो प्रयोग गर्नुपनेर् बाध्यता जसरी पनि हटाउनुपनेर् बताए ।
उनले सडक र सञ्चारबाट जोड्न सके नाकाको समृद्धि धेरै माथि पुग्ने पनि बताए । ‘तपाइहरुले सिमानाको रक्षा गरिरहनुभएको छ तर राज्यले तपाइँहरुलाई केही दिन नसक्नु दुःखद छ’– नाकावासीलाई सम्बोधन गदैर् महराले भने ।
दशरथ घिमिरे /युगबोध










