इन्द्रेणी संवाददाता
दाङ, ३ माघ । प्रदेश नम्बर पाँचको अस्थायी मुकाम दाङ तोक्नुपर्ने माग गर्दै आन्दोलनकारीहरु पूर्व–पश्चिम राजमार्गमै धर्ना वसेपछि सो मार्गको यातायात सेवा ठप्प भएको छ ।

dangप्रदेशको राजधानी माग गर्दै आज बुधवारदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङमा स्थानीय आन्दोलनकारीहरु सडकमै वसेपछि राजमार्गको यातायात सेवा बुधवार विहानैदेखि ठप्प भएको हो ।

स्थानीयको अवरोधपछि काठमाडौं, पोखरा, भैरहवाबाट दाङसहित पश्चिमतर्फ जाने यातायातका सादन अलपत्र परेका छन् । जिल्लाको मुख्य बजार घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा राजधानी माग गर्दै विहानैदेखि भइरहेका जनप्रर्दशन र अनिश्चितकालिन बन्द आह्वानका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाका अन्य स्थानमा सरकारी कार्यालय चञ्चालनमा आए पनि तुलसीपुर क्षेत्रमा आन्दोलनकारीले सरकारी कार्यालय पनि बन्द गराएका छन् ।