ईश्वर थापा
धनकुटा, ३ माघ । धनकुटामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको छ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

kusum shresthaक्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन्। झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठ र अजित पाख्रीन घाइते भएका छन्। श्रेष्ठको टाउको फुटेको छ भने पाख्रिनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए।

प्रहरीले सुरक्षाका लागि बोकेको ढाल प्रदर्शनकारीले फुटाएर फालेका छन्। आक्रामक रुपमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै गोटबाट भित्र पसेका थिए। मुल गेटमा दर्जनौंको संख्यामा रहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारी कार्यालय हाताभित्र प्रवेश गर्दा स्थिति तनाबग्रस्त बनेको हो।