काठमाडौं, १८ मंसिर । काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ ।
चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उनका सचिवालयले जनाएको छ । थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।











