चितवन, १८ मंसिर । प्रचारप्रसारको अन्तिम दिन आज चितवनमा प्रचण्डको रोड शो गरिएको छ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार–प्रचार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेदेखि आचारसंहिता लाग्ने भएकाले दलका नेताहरुलाई भ्याइ नभ्याइ छ ।

prachanda_roadपूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले आज चितवनमा ‘रोड सो’ गरेका छन् । प्रचण्ड चितवन ३ मा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार हुन् । वाम गठबन्धनले गरेका ‘रोड सो’ कार्यक्रममा नेकपा एमाले र माओवादीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको छ ।

24650802_10212457494345696_1090460834_o-1024x768

24650724_10212457494625703_731954120_o-1024x768