धादिङ, १८ मंसिर । धुनिबेसी नगरपालिका–६ चालिसेमा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४०७ नं को टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।
विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो । सो घटनामा चितवनको खुरखुरे–११ घर भएका टिपर चालक ३५ वर्षीय राजेश लामा घाइते भएका छन् । रासस
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)