स्याङ्जा, १८ मंसिर । स्याङ्जामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार भएको छ ।
कांग्रेसका अनुसार चुनावी कार्यक्रमका लागि स्याङ्जाको भीरकोट पुगेका श्रेष्ठको सवारीलार्इ लक्षित गर्दै आज साँझ बम प्रहार भएको थियो । बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । श्रेष्ठको सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्नास्थल कटेको २० सेकेण्ड पछि सो विष्फोट भएको थियो ।











