राजेन्द्र न्यौपाने
गोरखा, ३० कार्तिक । पूर्व प्रधानमन्त्री एवं डा।बाबुराम भट्टराईका सुरक्षा सल्लाहारका बोधराज अधिकारी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

Baburam-Bhattariपालुंटारमा माओवादीको छैटौ विस्तारीत बैठक हुँदा देशैभरीबाट आएका नेता तथा कार्यकर्ताहरुलाई सहयोग समेत गरेको पूर्व सुरक्षाकर्मी अधिकारी आज
पालुंटारमा आयोजित सभामा प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

बाबुरामसँग रहँदा आफूले चिनेको कोही मानिसहरु पनि नभेट्दा नरमाईलो लागेको उनले बताए । देश विकासको गतिमा अघि बढ्न लाग्दा एउटा  क्तिको पछि लागेर नहुने भएकाले आफू बाम गठबन्धनमा फर्किएको उनले रातोपाटीलाई बताए ।

यसैगरी नयाँ शक्तिका केन्द्रीय परिषद सदस्यहरु र कलाकारहरु सबै एमालेमा प्रवेश गरेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले
बताए । बुधबार पालुंटारमा आयोजित सभामा नयाँ शक्तिका विदेश विभाग प्रमुख एवं नयाँ शक्तिको शिक्षक संगठनका प्रमुख इन्द्रराज भट्टराई ओवादी केन्द्रमा प्रवेश गरेका छन् ।