लमही, २६ कार्तिक । लमही नगरपालिका–१ नर्तीमा आज बिहान ट्रक र ट्याक्सी आपसमा ठोकिदा ज्यान गुमाउनेको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा राप्ती गाउँपालिका– ५ का २६ वर्षीय राममति चौधरी र राप्ती गाउँपालिकाका–८ गिता बस्याल रहेका छन् ।
ना १ ज १३४९ ट्याक्सी र ना ४ ख ७९५५ नम्बरको ट्रक आपसमा ठोक्किा थिए । दुर्घटनामा दश जना घाइते पनि भएका छन् । घाइते चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य गम्भीर घाइते ६ जनाको थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।











