कैलाली, २६ कार्तिक । कैलालीमा आज विहान भएको वस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस विहान ४ बजेतिर धनगढी डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका ३ धपेनी भन्ने स्थानबाट भीरमा खसेको थियो ।
दुर्घटनामा मृ त्यु हुनेमा एक बालक र दुई महिला रहेको प्रहरीले जनाएको छ । मृतकहरु सबै जना बैतडी मेलौलीका रहेपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ४२ यात्रु लिएर शनिबार बेलुकी बैतडीको मेलौलीबाट छुटेको थियो ।











